श्रीलंकाका पूर्व कप्तान जयसूर्यालाई २ वर्षको प्रतिबन्ध

एजेन्सी । श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्यालाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दुई वर्षको प्रतिबन्ध लगाएको छ । आईसीसीको भ्रष्टाचार विरुद्धको समितिले जयसूर्यालाई अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रतिबन्ध लगाएको हो ।

श्रीलंकाली चर्चित क्रिकेटर जयसूर्याले देशको भ्रष्टाचारको अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रतिबन्ध लगाएको हो । तत्कालका लागि लागु हुने गरी उनलाई सो प्रतिबन्ध लगाइएको हो । जसका कारण उनले सन् २०२१ सम्म कुनैपनि क्रिकेट गतिविधिमा सहभागिता जनाउन पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!