२ वर्षभित्र भरतपुरमा विकासको प्रत्यक्ष अनुभूति गर्नुहुनेछः मेयर दाहाल

चितवन, माघ २७ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशमा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी र स्थानीयबीच सहकार्य अनिवार्य रहेको बताएकी छन् ।

भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा प्रहरी चौकीको भवन शिलान्यास गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध र दुव्र्यसनी नियन्त्रण गर्न स्थानीयसँग मिलेर काम गर्नुपर्छ ।’

उनले अब यहाँको शान्ति सुरक्षा पनि मजबुद हुने विश्वास गरिन् । मेयर दाहालले भनिन्, ‘भरतपुर महानगर विकासमा मात्र नभई शान्ति सुरक्षामा पनि अगाडि बढिरहेको छ, शान्ति सुुरक्षा पहिलेका भन्दा धेरै सुधार भइरहेको छ, यसमा सबैको भूमिका छ ।’

उनले महानगरले महिलाहरूलाई लक्षित गरेर धेरै कार्यक्रमहरू ल्याएको जानकारी दिइन्। मेयर दाहालले भनिन्, ‘महानगरले दीर्घकालीन विकासका कार्यक्रमहरु अघि सारेको छ । अहिले झट्ट हेर्दा केही सडकहरु पक्की बनेको मात्र देखिन्छ, तर अबको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, लिंक रोड र रिंङ रोडका कार्यक्रमहरु अघि बढेपछि यहाँको विकासको प्रत्यक्ष अनुभव हुनेछ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!