जीप दुर्घटनामा १३ घाइते

काठमाडौँ, माघ २७ । म्याग्दीमा भएको जीप दुर्घटनामा १३ जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना भएको हो ।

राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप सडकबाट एक सय मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!