न्यूजिल्याण्डद्वारा भारतसामु २१३ रनको लक्ष्य, कसले जित्ला सिरिज ?

काठमाडौं, माघ २७ । भारत विरुद्धको तीन टी–२० सिरिज अन्तर्गतको अन्तिम तथा निर्णायक खेलमा न्यूजिल्याण्डले २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

उसका लागि कोलिन मनुरोले सर्बाधिक ७२ रन प्रहार गरे । बलिङमा भारतका लागि भवनेश्वर कुमार, खलिल अहमदले एकएक र कुलदीप यादवले दुई विकेट लिए । आजको खेल जसले जित्छ उसले नै यो सिरिज आफ्नो नाममा बनाउने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!