फर्जी उपभोक्तनिर्वाचन कमिटी गठन गरेकोमा स्थानीय कृषक आक्रोशित

बारा, माघ २७ । नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगञ्ज, पर्साअन्तर्गत पर्ने ब्लंक नं.७ का केही व्यक्तिहरुले आपसी मिलोमतोमा फर्जी उपभोक्ता निर्वाचन कमिटी गरेकोमा स्थानीय कृषकहरु आक्रोशित भएका छन् ।

विश्रामपुर गाउँपालिका वडा नं. ४ टोल इटियाहीमा बस्ने रामानन्द साह कानुले ब्लक नं. ७ को कृषक तथा नारायणी सिंचाई व्यवस्थापन कार्यालयलाई कुनै किसिमको लिखित, मौखित जानकारी नगराईकन आफू संयोजक हुनलाई मनपरी तरिकाले पाँच सदसीय फर्जी निर्वाचन उपभोक्ता कमिटी गठन गरेको विरोद्धमा ब्लक नंं.७ अन्तर्गत परवानीपुर गाउँपालिका वार्ड नं. ५ बहुअरीका स्थानीय कृषकहरु आक्रोशित भएर नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगञ्ज, पर्सामा लिखितरुपमा माघ २३ गते उजुरी गरेका थिएँ । सो ५ सद्सीय फर्जी निर्वाचन कमिटीमा ३ जना कृषक नै नभएको स्थानीहरुले बताएका थिए ।

सोही गाउँपालिका वडा अध्यक्ष रामेश्वरप्रसाद गुप्ता, वडा सदस्य महेश साह, परवानीपुर गाउँपालिकाका मनोनीत सदस्य सञ्जु साह, कृषक राजकिशोर गुप्ता,प्रमोद सिंह लगायत ११ जनाले उजुरी दिएका थिएँ ।

सो उजुरीको सम्बन्धमा नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख राजेन्द्रप्रसाद साहसँग बुझ्दा खेरी निजलाई कुनै किसिमको लिखित या मौखिक जानकारी नभएको, संचारमाध्यमलाई समेत जानकारी गराए वा नगराएको समेत आफूलाई जानकारीमा नआएकोले त्यस कार्यालको चं नं. २०७५–०७६.१५७ को ब्लंक नं. ७ मा गठन भएको फर्जी निर्वाचन उपभोक्ता कमिटीलाई जानकारीको लागि पत्रसमेत काटिसकेको तथा बिधान विपरित कुनै किसिमको गठन गरेको कमिटीलाई कुनै पनि हालतमा मान्य नहुने टेलिफोन मार्फत साहले जानकारी गराएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!