बल्झियो चीन–भारत सीमा विवाद, मोदीको भ्रमणमा चीनको आपत्ति

बेइजिङ, माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चिनियाँ सरकारले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउनसक्ने संकेत दिएको भन्दै कडा अपत्ति जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले शनिबार विज्ञप्ति जारी गर्दै मोदी भ्रमणको विरोध गरेका हुन् । विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको एललेख छ ।

विज्ञप्तिमा भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख छ । अरुणञ्चल भ्रमणमा रहेका मोदीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गरेका थिए । मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताएका थिए ।

चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ । अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दैआएका छन् । चीनले भने अरुणाञ्चल प्रदेशको पूर्वी उत्तर भूभागलाई तिब्बतको क्षेत्र दावी गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!