राष्ट्रपति ट्रम्प २ सय वर्ष बाँच्न सक्ने चिकित्सकको घोषणा !

वाशिङ्गटन डिसी । सधैंजसो विवाद र चर्चामा रहँदै आएका अमेरिकी राष्ट्रपति दुई सय वर्ष बाँच्न सक्ने चिकित्सकहरुले जनाएका छन् । गत शुक्रबार ट्रम्पको मेडिकल जाँच गरिएको थियो । वार्षिक स्वास्थ्य परीक्षण अन्तर्गत गरिएको उक्त परीक्षणको नतिजा आएपछि चिकित्सकहरुले ट्रम्प दुईसय वर्षसम्म आरामले बाँच्न सक्ने घोषणा गरेका हुन ।

चिकित्सकहरुका अनुसार, राष्ट्रपति ट्रम्प पूर्णरुपमा स्वस्थ्य रहेका छन् । उनी आफ्नो कार्यकालमा कुनै बिरामी हुने सम्भावना छैन । जनवरी २०१७ मा राष्ट्रपति बनेपछि यो उनको दोश्रो वार्षिक स्वास्थ्य परीक्षण थियो । जाँचको रिपोर्ट सार्वजनिक गर्दै चिकित्सक नेभी रियर एडर रोनी एल ज्याक्सनले गत वर्षभन्दा यसवर्ष ट्रम्पको रिपोर्ट झनै राम्रो भएको बताए ।

“यदि राष्ट्रपतिले स्वास्थ्यबर्धक आहार नियमितरुपमा सेवन गर्नुभयो भने उनी दुई सयवर्ष स्वस्थ्यरुपमा बाँच्न सक्छन् ।” उनले भने । व्हाट हाउसको मेडिकल युनिटका प्रमुख शान पी कान्लेले ११ जना विशेषज्ञ चिकित्सकहरुले चार घण्टा लगाएर राष्ट्रपतिको परीक्षण गरेको बताए । “मलाई औधी खुशी लागेको छ । राष्ट्रपति पूर्णरुपमा फिट छन् ।”

७० वर्षीय ट्रम्पले धुम्रपान गर्दैनन भने उनको जीवन सादगीपूर्ण रहेको समेत कान्लेले बताए । राष्ट्रपतिलाई व्हाइट हाउसमा घुम्न मन पर्छ भने, फ्रेन्च फ्राइज र पिज्जा निकै मन पराउने राष्ट्रपतिको बिस्तृत रिपोर्ट भने सार्वजनिक भएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!