अध्यक्ष केसी भन्छन्, ‘भेनेजुएला प्रकरणमा ओली डराए, प्रचण्ड प्रष्ट’

बुटवल, माघ २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भेनेजुएला प्रकरणमा पूर्व एमालेका केही नेताहरु र सरकारमा रहेकाहरु अमेरिकाको डरमा वास्तविक कुरा बोल्न डराइरहेको बताएका छन् ।

बुटवलमा प्रगतिशिल पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, ‘अमेरिकाको तानाशाही प्रवृत्तिको विरोध गर्नुपर्ने ठाउँमा लोलोपोतो गरिरहेका छन्, उनले भने–पूर्वमाओवादीहरु प्रष्ट देखिए, उनीहरु सही बाटोमा छन् ।’

उनले भेनेजुएलाको विषयमा नेकपा अध्यक्ष प्रचण्डले दिएको धारणाप्रति समर्थन गरे । ‘वास्तविक कुरा नै त्यही हो, उनी भन्छन्–भएको कुरा बोल्न किन डराउने ?’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!