युवराज सिंह भन्छन्, ‘आउँदो विश्वकपमा धोनी हुँदा विराटलाई सजिलो हुन्छ’

काठमाडौं, माघ २६ । कीर्तिमानी एवं अनुभवी भारतीय क्रिकेटर युवराज सिंहले यही वर्ष (२०१९) मा हुन लागेको एकदिवसीय विश्व कप क्रिकेटमा महेन्द्र सिंह धोनीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । किन यस्तो भने युवराजले ? यसको प्रश्नमा उनले जवाफ दिएका छन्, ‘यदि धोनी भएमा कप्तान विराट कोहलीलाई मागदर्शन लिन सजिलोका साथै महत्वपूर्ण निर्णय लिन पनि सहज हुनेछ ।’

धोनीको फर्मलाई लिएर अहिले टिममा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा विवाद नै छ । तर भारतीय टिमका पूर्व कप्तान सुनिल गावस्करसहित अन्यले पनि खेलको परिस्थितिअनुसार धोनीले निर्णय गर्न सक्ने भएकाले टिममा उनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सन् २०११ को विश्वकपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ भएका युवराजले धोनीबारे केही कुरा राख्न आग्रह गर्दा उनले भने, ‘मलाई लाग्छ धोनी क्रिकेटको अनुभवले भरिपूर्ण छन् । उनी विकेट कीपर र ब्याटसम्यानका रुपमा टोलीमा अहम् भूमिका निर्वाह गर्दै आएका छन् । धोनीले केही वर्षयता शानदार तरिकाले आफ्नो भूमिका पनि निर्वाह गरेका छन् । उनी कप्तान पनि भइसकेकाले टोलीमा धोनीको आवश्यकता पर्छ ।’ एकदिवसीय क्रिकेटको विश्वकप इङ्ग्ल्याण्ड र वेल्समा आउँदो मे ३० देखि १४ जुलाइसम्म आयोजना हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!