गण्डकी प्रदेश समन्वय परिषदको अध्यक्षमा हंसराज ढकाल

दोहा, माघ २६।गण्डकी प्रदेश समन्वय परिषद कतारको प्रथम साधारण सभा शुक्रबार सर्व सम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

`हाम्रो अभिभारा – स्मृद्द गण्डकी प्रदेश´ भन्ने मुल नारा सहित कतारको दोहा स्थित गल्फ होराइजन होटलमा सम्पन्न पहिलो साधारण सभा सहितको अधिवेशनले हंसराज ढकाल क्षत्रीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको हो । पहिलो साधारण सभाको उदघाट्न कतारको लागि नेपाली राजदुत प्रोफेसर रमेश प्रसाद कोइरालाले दिप प्रज्वलन तथा केक काटेर गर्नुभएको थियो ।

तर्दथ समितिका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य कुमार कार्की, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुदर्शन भट्ट, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशिल मंच पाचौं महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की, तराइ मधेस लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खान, कतार नेपाली एकता समाजका उपाध्यक्ष धन बहादुर बि.क., अन्तर्राष्ट्रिय नेपाली समाज संयोजक देव परियार ,नेपाली महिला समाज महासचिव अम्बिका खत्री, अन्तरास्ट्रिय मुस्लिम सेवा समाजका उपाध्यक्ष उमैर आलम , नेपाल प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष पुरुषोत्तम सुनुवार , नेपाल पत्रकार महासङ्ग कतार शाखाका उपाध्यक्ष नवराज बि.क., प्रदेश नम्बर तीन समन्वय परिषदका अध्यक्ष समीर खत्री, प्रदेश नम्बर एक समन्वय परिषदका अध्यक्ष चुनामणी कार्की लगाएतले मन्तव्य राखेका थिए ।

पर्वत समाजका अध्यक्ष सबिन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रममा भावी कार्ययोजना सम्बन्धि कार्यपत्र कार्यपत्र तयारी समितीका संयोजक सिताराम थापाले, आर्थिक प्रतिवेदन आर्थिक संयोजक एवं लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन कार्यबाहक सदस्य सचिव रामजी खत्रीले गरेका थिए ।

यस्तै हंशराज ढकाल क्षत्री ( कास्की) को अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा – प्रेम बहादुर बि.क (म्याग्दि), महासचिबमा रामजी खत्री (गोरखा), सचिबमा युवराज गुरुङ (लमजुङ), कोषाध्यक्षमा अजय बि .क (पर्वत) रहेका छन ।

कार्यसमितिमा गण्डकी प्रदेश समन्वय परिषद अन्तर्गतका जिल्ला अध्यक्ष पदेन सदस्य रहेका छन जसमा बिश्व बन्धु थापा (कास्की) अजमत अलि, (स्याङ्जा) बिष्णुलाल श्रेष्ठ (लम्जुङ ), सबिन्द्र श्रेष्ठ (पर्बत), सागर पौडेल (बाग्लुङ), राकेश श्रेष्ठ (गोर्खा ) केश गुर्छा मगर (तनहुँ ),पिताम्बर चापागाईं (नबलपुर ) र रमेश पौडेल (म्याग्दी ) रहेका छन्।
समितिमा बाकी रहेको २ उपाध्यक्ष, १ सचीव, १ सह-कोषाध्यक्ष कार्यसमितिले मनोनीत गर्ने छ ।

सोही अवसरमा निर्वाचन समितीका संयोजक गुरुनारायण रानाभाटले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । सो कार्यक्रमको संचालन निर्वाचन समितीका सदस्य बुधवल गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!