महालक्ष्मीथानमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुरको महालक्ष्मीथानमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार शुक्रबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका रुपक खरेलको मृत्यु भएको हो।

ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!