जुटेन सहमति, एकता कार्यदलले माग्यो थप समय

काठमाडौं। संगठनात्मक एकता प्रस्ताव तयार गर्ने जिम्मेवारीसहित गठित एकता कार्यदलभित्र विवाद चुलिएपछि निश्कर्षमा पुग्न थप समय माग गरिएको छ ।

सचिवालयले तोकिएको समयमा प्रस्ताव तयार गर्न नसकेपछि सचिवालयले बैठकले जे जस्तो अवस्थामा प्रतिवेदन छ, सो बुझाउन निर्देशन दिएको थियो ।

कार्यदलभित्र संंयोजक राम बहादुर थापा र विष्णु पौडेलको मत फरक रहेको छ । अन्य सदस्यहरुले सहमति नजुटे फरक प्रस्ताव बुझाउने बताएपछि हिजोको बैठकले थप समय माग गर्ने निर्णय गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य एवं कार्यदल सदस्य योगेश भट्टराईले कार्यदलको बैठकले बाँकी काम टुंगो लगाउन थप समय माग गर्ने निर्णयसहितको प्रतिवेदन बुझाउने सहमति बैठकमा भएको बताए ।

‘अहिलेसम्म कार्यदलमा भएको सहमतिको विषयसहित बाँकी काम टुंगो लगाउन थप समय माग गर्ने सहमतिसहितको प्रतिवेदन कार्यदलले बुझाउँछ,’ भट्टराईले भने, ‘कार्यदलले थप समय पाएको अवस्थामा सबै काम एक साताभित्रमा टुंगो लगाउन सक्छ ।’

अहिलेसम्मका बैठकमा भएका सहमतिका विषयसहित थप समय माग गर्ने निर्णय कार्यदलले गर्दै प्रतिवेदन बुझाउन कार्यदलका संयोजक एवं सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिएको उनले बताए । नेकपा स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य बेदुराम भुसालले प्रतिवेदन बुझाउने जिम्मेवारी संयोजक थापालाई दिइएको बताए । कार्यदलको बैठकमा अहिलेसम्म भएका सहमति उल्लेख गर्दै बाँकी काम टुंगो लगाउन थप समय मागसहितको प्रतिवेदन सचिवालयमा बुझाउने उनले बताए ।

पार्टी स्थायी कमिटी बैठकले रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, वेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका छन् । संयोजक थापा र पौडेललाई यसअघि पनि एकतासम्बन्धी प्रस्तावको जिम्मेवारी दिइएको थियो ।

को थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!