बीपीएलः अफ्रीदी र शाकिवको टोली उपाधिका लागि भिड्दै (LIVE)

काठमाडौं, माघ २५ । बंगलादेश प्रिमियर लिग (बीपीएल) को फाइनल शुरु भएको छ । फाइनलमा अहिले ढाका डाइनामाइट्स र कोमिल्ला भोक्टोरिया भिड्दै छन् । ढाकाले टस जितेर बलिङ रोजको छ ।

यो टोलीको नेतृत्व शाकिव अल हसनले गरिरहेका छन् । उनी बाहेक ढाकामा सुनिल नारायाण, रोकिन तालुकदार, उपल थरंगा, किरण पोलार्ड, आन्द्र रसल, रुबेल हुसेन लगायत नाम चलेका खेलाडी छन् ।

यस्तै, कोमील्लामा इमरुल काइस (कप्तान), शाहिद अफ्रीदी, इभन लुईस, तमिम इगबाल, थिसरा परेरा, मेहदी हसन जस्ता स्टार खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!