बीबीएलः सन्दीपको टोली १० विकेटले पराजित

काठमाडौं, माघ २५ । अष्ट्रेलियामा भइरहेको बिग ब्यास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स ब्रेसबर्न हिटसँग १० विकेटले पराजित भएको छ ।

पहिला ब्याटिङ गरेको मेलबर्नले आठ विकेटको क्षतिमा १५७ रनको लक्ष्य दिएको थियाे । ब्रेसबर्नले ६० बल अर्थात् १० ओभर अगावै लक्ष्य भेटायो ।

उसका लागि बेन कटिङ (८१) र म्याक्स ब्राइन्ट (७१) ले बिस्फोटक ब्याटिङ गरे । सन्दीपले आज दुई ओभर बलिङ गर्ने मौका पाए । उनले दुई ओभर बलिङ गर्दै २८ रन खर्चिए । सन्दीपले पहिलो ओभरमा ८ र दोस्रो ओभरमा २० रन खर्च गरे । सन्दीपले विकेट लिने मौका दिलाए पनि क्याच ड्रप भएको थियो ।

आज मेलबर्नका सबै बलर महंगा सावित भए । एडम जाम्पाले २ ओभरमा ३१, ग्लेन म्याक्सवेलले एक ओभरमा २१, सन्दीपले २ ओभरमा २८, डिजे ब्राबोले १ ओभरमा १५, कार्मस स्टोनिसले १ ओभरमा २४ र डीजे वारलले २ ओभरमा २२ रन खर्चिए । यसअघि, सन्दीपको टोलीले टस हारेर ब्याटिङ गर्दै ब्रेसबर्न हिटलाई १५७ रन बनायो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!