राजदूत आचार्य भन्छन्, ‘नेपाल–भारत सम्बन्ध चिसिन दिने छैन’

काठमाडौं, माघ २४ । भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धमा कुनै पनि बाधा आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका आचार्यले शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने पनि स्पष्ट पारे ।

उनले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई देशबीचको सडक सञ्जाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!