५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव समायोजन

काठमाडौं, माघ २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जाने सचिव, सहसचिव र उपसचिवको टुंगो लगाएको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको हो । मन्त्रालय प्रवक्ता सुरेश अधिकारीका अनुसार ५६ जना सचिवलाई संघीय सेवाअन्तर्गत कार्यरत रहनेगरी र ६६२ सहसचिवलाई पनि परिचालन गर्ने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ ।

मन्त्रालयले उपसचिवहरुलाई केही दिनभित्रै स्वास्थ्य, कृषि, इन्जिनियरिङ्ग र शिक्षा लगायतका क्षेत्रमा समायोजनको तयारी गरिरहेको बताउँदै प्रवक्ता अधिकारीले तल्लो तहका कर्मचारीको पनि समायोजन प्रक्रिया चलिरहेको बताए।

यसअघि संघीय मामिला मन्त्री लालबाबु पण्डितले प्रस्तुत कर्मचारी समायोजन विधेयक संसदबाट पारित भइसकेको छ। जसअनुसार सरकारले तिनै तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाइरहेको छ।

सरकारले कुन १ लाख २३ हजार कर्मचारीमध्ये ४५ हजारलाई केन्द्रमा, २१ हजारलाई प्रदेश र ५७ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्दैछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!