यस्तो छ चिसोयामबाट बच्ने उपाय

मर्निङवाक जाँदा चिसो लाग्ने सम्भावना हुन्छ । त्यसैले मर्निङवाक जानुअघि न्यानो पहिरन तथा टोपी लगाउनुपर्छ ।

कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ । त्यस्ता व्यक्तिलाई चिसोमा मर्निङवाक गर्नु उपयुक्त नहुन सक्छ । उनीहरूले घरैमा बसेर पनि व्यायाम गर्न सक्छन् ।

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खाना सकेसम्म नियमित खानुपर्छ । हरियो सागसब्जी, अदुवा, लसुनजस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । यसर्थ, दाल, तरकारी र गेडागुडीको झोल बढी खाने गर्नुपर्छ ।

पर्याप्त तातो पानी पिउनुपर्छ । साथै, ग्रिन टी पिउँदा पनि स्वास्थ्यलाई झनै फाइदा गर्छ ।

ओछ्यानमै बसेर हात–खुट्टा तन्काउने, जिउ तन्काउनेजस्ता क्रियाकलाप पनि गर्न सकिन्छ ।

कतिपयले साँझमा समेत व्यायाम गर्ने गर्छन् । तर, व्यायामका लागि बिहानको समय नै उपयुक्त हुन्छ ।

खाना खाएको एक घन्टापछि वा अघि पनि व्यायाम गर्न सकिन्छ । व्यायामका लागि सन्तुलित खाना, राम्रो निद्रा र पर्याप्त आराम आवश्यक हुन्छ । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!