टि-ट्वेन्टी शृंखलाको दोस्रो खेल जित्दै शृंखलामा फर्कियो भारत

काठमाडौं, माघ २६ । तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत तेस्रो खेलमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले जितेको छ । यसका साथै  शृंखलामा ०-१ ले पछाडि रहेको भारत शृंखलामा फर्किएको छ ।

भारतले न्युजिल्याण्डद्वारा प्रस्तुत १५९ रनको चुनौती ७ बल बाँकी हुँदा १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेका न्युजिल्याण्डका कप्तान केन विलियम्सको निर्णयलाई कोलिन डे ग्राण्डहोमको ५० रन र रोस टेलरको ४२ रनल बनाएर सही साबित गरिदिए र न्युजिल्याण्डले १५८ रनको विशाल स्कोर खडा गर्यो । बलिङमा भारतका कुणाल पाण्ड्याले ३, खलिल अहमदले २, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।

जवाफमा १५९ रन्को विजय लक्ष पछ्याउँ मैदान उत्रिएको भारतका ओपनर एवं आजको खेलका कप्तान रोह्हित शर्माले २९ बलमा ५० रन बनाए भने रिषभ पन्तले ४०, शिखर धवनले ३० रन बनाए ।

न्युजिल्याण्डको बलिङमा लोकी फर्ग्युसन, इश सोढी र डारिल मिसेलले बराबर १-१ विकेट लिए । न्युजिल्याण्डक अरु बलर खासै चल्न सकेनन् ।

पछिल्लो प्रतिस्पर्धामा भारत ८० रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!