बिग ब्यास लिगः सन्दीपको टोलीलाई ब्याटिङको निम्तो

काठमाडौं, माघ २५ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सन्दीपको टोलीले ब्रिसबेन हिटसँग खेलिरहेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः२५ बजे शुरु हुनेछ । आजको खेलमा सन्दीपले स्थान पाएका छन् ।

यदि आजको खेल सन्दीपको टोलीले जितेमा मेलबर्न सेमिफाइनल पुग्नेछ । अब मेलबर्नले लिगमा २ खेल खेल्न बाँकी छ । सन्दीपको टोलीले खेल्ने ब्रेसबन हिटमा क्रिस लिन कप्तान छन् । सन्दीपको टोलीको नेतृत्व ग्लेन म्याक्सवेलले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!