चलचित्र ‘क्याप्टेन’ को प्रदर्शनको लागि जापानी मिति तय

काठमाण्डौ, माघ २५ । करीब एक वर्षपछि सुपरस्टार अनमोल केसी नेपाली कथानक चलचित्र ंक्याप्टेन’ मार्फत् पर्दामा फर्किएका छन् ।

फ्लोरमा जानुभन्दा अगावैदेखि दर्शकमा व्यग्र प्रतिक्षामा रहेको यो चलचित्र आगामी फागुन १७ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । यसमा अनमोलले एक फुटबल खेलाडी इशानको भूमिका निभाएका छन् ।

‘रहर छ सँगै’ बोलको गीत र केही दिनअगाडि सार्वजनिक भएको धमाकेदार ट्रेलरले चलचित्रको राम्रो हाइप निर्माण गरेको छ । ट्रेलर रिलिजपछि फिल्मको मेकिङ र अभिनेता अनमोलको अभिनयलाई लिएर चर्चा हुन थालेको छ । ट्रेलरकै कारण अहिले फिल्मको विदेशमा समेत माग बढ्न थालेको छ ।

नेपाल प्रदर्शन अगावै महँगोमा निर्माता भुवन केसीले विभिन्न देशका लागि चलचित्रको प्रदर्शन अधिकार विक्री गरिसकेका छन् । नेपाल प्रदर्शन लगत्तै यो फिल्म जापानको टोकियोमा मार्च १७ मा प्रदर्शन हुने तय भएको छ । डेस्टिनी क्रियशनसँग सहकार्य गरेर सुवास लामिछानेले फिल्म प्रदर्शन गर्दैछन् ।

उपासना सिंह ठकुरी र प्रियंका एमभी यस फिल्ममा अनमोलको अपोजिटमा छन् । फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । ‘क्याप्टेन’ का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!