भारत: विषाक्त रक्सी सेवनबाट ३५ जनाको मृत्यु, थुप्रै अधिकारीहरू निलम्बित

काठमाडौँ, माघ २५ । भारतको उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा विषाक्त रक्सी सेवन गर्दा हालसम्म ३५ जनाको ज्यान गएको छ ।

उत्तरप्रदेशको सराहनपुरजिल्लामा १५ जनाको र कुशीनगर जिल्ला ९ जनाको ज्यान गएको छ । उता उत्तराखण्ड राज्यको रुडकी क्षेत्रमा पनि ११ जनाको ज्यान गएको छ ।

यी घटनाहरू ती जिल्लाहरूका अलग अलग क्षेत्रमा भएको बताइन्छ । विषाक्त रक्सी सेवन गर्ने धेरै जनाको अवस्था गम्भीर रहेको र तिनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भैरहेको बताइएको छ ।

सराहनपुर प्रहरीका जिल्लाको उमाही भन्ने गाउँमा मात्रै विषाक्त रक्सी सेवनका कारण ४ जनाको ज्यान गएको छ । उक्त रक्सी मृत्यु हुनेमध्येकै एक जना युवकले गाउँमा ल्याएको बताएको छ ।

स्थानीयहरूले उक्त रक्सी स्पिरिटबाट बनाइएको हुनसक्ने बताएका छन् । उता क्सुहीनगर जिल्लाको खैरटिया क्षेत्रमा भने मृतकहरूको पोस्टमार्टमबिनानै अन्तिम संस्कार गर्न दिएको भन्दै त्यहाँको प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक लगायत ५ प्रहरीहरूलाई लापरवाही गरेको आरोपमा निलम्बित गरिएको छ ।

त्यस्तै कुशीनगरमा अवैध मदिरा उत्पादकहरूविरुद्ध कारवाही नगरेको भन्दै तर्याज्सुना क्षेत्रमा समेत प्रहरी निरीक्षक सहित चार प्रहरी निलम्बनमा परेका छन् ।

उता उत्तराखण्डको रुडकीमा पनि विषाक्त रक्सी सेवनका कारण हालसम्म ११ जनाको ज्यान गैसकेको छ भने ४ जनाको अवस्था गम्भीर रहेको बताइन्छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूले घरेलु मदिरा सेवन गरेका थिए ।

त्यहाँ अवैध मदिरा नियांत्रन्गर्ण नसकेको भन्दै १३ कर्मचारी एवं प्रहरी निलम्बनमा परेका छन् भने केहीलाई प्रादेशिक राजधानी देहरादून झिकाइएको छ ।

सहारनपुर र कुशीनगरमा विषाक्त रक्सी सेवनबाट ज्यान गुमाउनेका परिवारलाई राज्य सरकारले क्षतिपूर्ति स्वरूपो दुई लाख रुपैयाँ दिने भनेको छ त्यस्तै गम्भीर अवस्थामा उ८प्चार् गराइरहेकाहरूलाई ५०-५० हजार दिइने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!