नागढुंगाबाट लागुऔषधसहित शेर्पा पक्राउ

काठमाडौं, माघ २५ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गास्थित चेकपोईन्टमा चेकजाँचको क्रममा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८.ख १८०८ नम्बरको बसबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सल्लेरी नगरपालिका वडा नं.५ घर हुुने वर्ष २० को छिरिङ्ग शेर्पा रहेको काठमाडौं प्रहरी परिसरका प्रबत्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

प्रबत्ता बोगटीका अनुसार शेर्पाले लिई आएको कालो रंगको झोला चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईछिपाई लिई आएको लागुऔषध नाईट्राभेट ४५० ट्यावलेट फेला परेको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले पक्राउ परेका शेर्पा विरूद्द आवश्यक अनुसन्धान पश्चात् लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाईने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!