टी–२० सिरिजः न्यूजिल्याण्डद्वारा भारतसामु १५९ रनको लक्ष्य

काठमाडौं, माघ २६ । तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत तेस्रो खेलमा न्यूजिल्याडले भारतलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि कोलिन ग्रेण्डहोमले सर्बाधिक ५० रन प्रहार गरे ।

बलिङमा भारतका कुणाल पाण्ड्याले ३, खलिल अहमदले २, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले एकएक विकेट लिए । सिरिजको पहिलो खेल न्यूजिल्याण्डले जितेको थियो । यदि आजको खेल भारतले सिजे सिरिज बराबर हुनेछ भने हारे एक खेल अगावै न्यूजिल्याण्डले सिरिज जित्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!