चाउचाउको खोल फिर्ता गर्ने व्यवस्था लागू गर्न सांसदको माग

काठमाडौं, माघ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले चाउचाउको खोल फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्दै सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नु पर्ने बताए । उनले भने, ‘सडक र नदी सफाई गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकोले उपभोगपछि फिर्ता हुने व्यवस्था हुनुपर्छ ।’

अहिले भएको मूल्यमा एक रुपैयाँ थप गर्ने र खोल फिर्ता गरेपछि एक रुपैयाँ फिर्ता गर्ने व्यवस्था गर्न सके सडक र नदी सफा हुने सांसद बस्नेतले बताए । भक्तपुरमा दुई महिनादेखि अरनिको राजमार्गको दाया बाया र ५० सातादेखि हनुमन्ते नदी सफाई भइरहेको छ।

अर्का सांसद यज्ञबहादुर सुनुवारले सर्वोच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाले न्यायलयमा आश र विश्वास पलाएको बताए।

सांसद रामबहादुर बिष्टले बुढीगण्डकीमा भ्रष्टचार भएको आरोप लगाए। ‘प्रतिष्पर्धा नगरी चाइनिज गेजुवा कम्पनिलाई दिएको छ। यसमा कति भष्टचार भयो होला ?’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!