गायक सोनू निगम डिस्चार्ज, के भएको थियो उनलाई ?

एजेन्सी । नेपाली गीतमासमेत आवाज दिइसकेका बलिउड चर्चित गायक सोनू निगम अस्पतालबाट डिस्चार्ज भएका छन् । छालाको एलर्जीपछि उनी मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका थिए । उनी दुई दिनको अस्पताल बसाईपछि बुधबार डिस्चार्ज भएका हुन् ।

सोनूलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् । इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘मलगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!