१६ वर्षीय युवती बलात्कारको आरोपमा एक पक्राऊ

रुकुम । जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । आठविसकोट नगरपालिका १० झिनचौरका २० वर्षका विकास भनिने मनविर मल्ल आठविसकोट नगरपालिका ९ सातपाखा स्थित नाम परिवर्तित वर्ष १६ कि ५४ (व) लाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडितको उजुरीको आधारमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन् । अभियुक्त मल्ललाई बुधबार पक्राउ गरेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!