अरुण तेश्रोको पावरहाउस नजिक बम विष्फोट

संखुवासभा । संखुवासभा जिल्लामा निर्माणाधिक अरुण तेश्रोको पावरहाउस नजिक बम विष्फोट भएको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको हा

बम बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा पडकाइएको थियो । विष्फोटका कारण परियोजनाको दुईवटा जेनेटेर क्षतिग्रस्त भएका छन् ।

बम कसले पडकायो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । अहिले प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमनाको आयोजनाको रुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिऐ । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!