दाङ बस दुर्घटनाः एकको मृत्यु, प्रदेश सांसदसहित १३ जना घाइते, सांसदको अवस्था गम्भीर

दाङ, माघ २४ । दाङको मुसोटमा बस दुर्घटनामा भएको छ । दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ भने प्रदेश साम्सद उत्तरकुमार वलीसहित एक दर्जन बढी घाइते भएका छन् ।

दाङको घोराही-लमही सडक खण्डमा अहिले बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिला मुसिकोट-२ रुकुमकी २६ वर्षीया रमिता शर्मा रहेको दाङ प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् । सांसद वलीको अवस्था नाजुक रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई काठमाण्डौ लेजाने तयारीसहित नेपालगञ्ज रिफर गरिएको छ ।

दाङको तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जीप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!