फुटबलमा नेपालले गरेन प्रगति, फिफा वरियतामा यथावत

काठमाडौं । आइसीसीको विश्व वरियतामा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेपनि विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियतामा भने नेपालले कुनै सुधार गर्न नसकेको पाइएको छ ।

बुधबार मात्रै फिफाले सार्वजनिक गरेको वरियता क्रममा नेपाल १६१औं स्थानमा नै यथावत रहेको छ ।

दक्षिण एसियाबाट भारत ६ स्थान खस्किंदै १०३ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५२ औं, भुटान १८६ औं बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा रहेका छन् ।

एसियाली देशहरूमा इरान शीर्षमा रहेको छ । इरान विश्व वरियतामा ७ अंक उक्लेर २२ औं नम्बरमा छ भने त्यसपछि रहेको जापान २३ अंक उक्लेर २७ औं स्थानमा रहेको छ । त्यस्तै १५ अंक उक्लिँदै दक्षिण कोरिया ३८ औं र एक अंक खस्केर अस्ट्रेलिया ४१ औं स्थानमा छ ।

एशियन कपको उपाधि उचालेको कतार भने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५औं स्थानमा उक्लिन सफल भएको छ ।

कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रचेको थियो ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरी, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।

उरुग्वे सातौँ स्थानमा रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।

एसियाली फुटबल संघ (एएफसी) वरियतामा भने नेपाल ३८ औं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!