डीएसपीको काज सरुवा, हेर्नुस् कसकाे सरुवा कहाँ ?

काठमाडौं, माघ २४ । तीन जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा डिएसपी श्याम खत्रीको सरुवा भएको छ । जाजरकोटका कार्यरत रवीन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डिएसपी कुमोध ढुंगेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पीएसपी धर्म भण्डारीलाई पठाईएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!