लगातारको हिमपातले एसइई तयारी कक्षा प्रभावित

डोल्पा, माघ २४ । लगातारको हिमपातका कारण डोल्पामा एसइई तयारी कक्षा प्रभावित भएको छ । हिउँ पर्न नरोकिएपछि एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । यस वर्ष लगातार डोल्पामा चौथो पटकसम्म परेको हिमपातले अत्यधिक चिसो बढेका छ ।

चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले जानकारी दिए ।

जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै लगायतका आधा दर्जन विद्यालयमा एसइई तयारी कक्षा सञ्चालन भइरहेको छ । यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात सुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!