बन्यजन्तुको सुरक्षा गर्न प्रहरी हिमाली भेगमा

बाजुरा, माघ २४ । हिमाली भेगमा हिमपात परेको समय चोरी शिकारी बढी हुने भएकाले प्रहरीले गस्ती बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले बडीमालिका, बुढीनन्दा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको हो ।

बन्यजन्तुको सम्भावित वासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धब सिहं भाटले वताए । चोरी शिकारी हुन सक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।

लेकाली भेगमा हिमपात भएसंगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्र रुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन । धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पन्छीहरुको समुहमा शिकार गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!