डीपिएलमा अनुबन्ध भएका विदेशी खेलाडी, हेर्नुस् कुन खेलाडी कसकाे टिमबाट खेल्दै ?

काठमाडौं, माघ २४ । कैलालीको फाप्ला क्रिकेट मैदानमा शनिबारदेखि शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) को सम्पूर्ण तयारी करिव पूरा भएको छ । यो सिजनको उद्घाटन खेलमा करण केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामी कप्तान रहेको धनगढी स्टार्सबीच हुनेछ ।

यस्तै, लिगमा यो वर्ष पनि विराटनगर, धनगढी बाहेक सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेड पनि छन् । हरेक टोलीले १५ खेलाडी अनुबन्ध गरिकसेका छन् । प्रत्येक टोलीले १२ खेलाडी अक्सनबाट अनुबन्ध गरेका छन् ।

यस्तै, हरेक टोलीले विदेशी खेलाडी पनि भित्र्याइसकेका छन् । यो वर्ष डीपीएलमा कुन विदेशी खेलाडीलाई कुन टोलीले अनुबन्ध गरेको छ ? हेर्नुस्–

धनगढी स्टार्स
रोहन मुस्तफा (यूएई)
सागर त्रिवेदी (भारत)

काठमाडौं गोल्डेन्स्
गौरव तामोर (भारत)
अङ्कित दभास (भारत)

महेन्द्रनगर युनाइटेड
मोहमद नभिद (यूएई)

विराटनगर किंग्स
अभिनाश यादव (भारत)
शिवकान्त शुक्ला (भारत)

सिवाइसी अत्तरिया
जयकिशन कोल्सावाला (भारत)
सनी पटेल (भारत)

रुपन्देही च्यालेन्जर्स
बाबर हायत (हङकङ)
बाबर अली डार (पाकिस्तान)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!