जानी नजानीको कभर भिडियो प्रतियोगिता

काठमाडौं, माघ २४ । आगामी चैत १ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘जानी नजानी’ को सार्वजनिक गरिएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ को भिडियो घोषणा गरेको छ ।

बिहिबार काठमाडौंको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन पोखरेल र दुर्गा खरेलको छ । यो गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ । कविराज गहतराजले कोरियोग्राफ रहेको यो गीतको भिडियोमा मनिष र सुमीसँगै डेब्यु नायिका निरिशा बस्नेतलाई पनि देख्न पाईन्छ ।
यो गीतको कोभर भिडियो कम्तीमा एक मिनटको हु्नुपर्ने छ । त्योभन्दा माथि चार मिनेटसम्मको भएपनि फरक नपर्ने यसको निर्माता रोशनी केसीले बताईन् ।

‘उत्कृष्ट कोभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ यो चलचित्रका निर्देशक बसन्त अधिकारीले भने,‘भिडियो यही २० फागुनभित्र janinajani2018@gmail.com मा पठाईसक्नुपर्ने छ ।’

यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई डिआईडी सिजन २ का उत्कृष्ट १० मा पर्न सफर नृत्यकलाकार, नृत्य निर्देशक एवम् अभिनेता नरेशबीर कंशकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वस आफुले गरेको उनले बताए । अभिनेता मनिषले पनि यो प्रतियोगिताले धेरैलाई आफुहरुसँग जोडिन सघाउने बताए ।

निर्माता रोशनीका अनुसार फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै चलचित्रमार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

यसमा प्रेमकथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

यस चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्तीमगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!