हङकङमा एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने

काठमाडौं, माघ २४ । एभरेष्ट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ ।

उक्त अवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ।

सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउने छन् । त्यसमध्ये तीन विधामा आदिवासी चलचित्रलाई हवार्ड दिइने छ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिने छ ।

हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सार्वजनिक कार्यक्रममा अवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए ।

एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन्।

कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!