सिन्धुली जीप दुर्घटनाः पाँच जनाको मृत्यु, ७ जना घाइते (अपडेट)

सिन्धुली, माघ २४ । सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् ।

जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते रहेको पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!