क्रिकेटर हरभजनको चड्कन खाएर रेस्लर भुइँमै ढले !

नयाँदिल्ली । भारतीय चर्चित क्रिकेटर हरभजन सिंह राष्ट्रिय टोलीमा नपरेको धेरै भइसक्यो । तर रेस्लिङको रिङभित्र उनले देखाएको दादागिरीको अहिले चर्चा व्यापक भएको छ ।

भज्जी भनेर चिनिने पूर्व स्पिनरलले जालन्धरस्थित भएको रेस्लिङको क्रममा स्टेजमै चढेर रेस्लरलाई नै यसरी थप्पड हिर्काए कि, सबै दंग परे । उनको सोही भिडियो अहिले भाइरल नै बनेको छ ।

पछिल्लो साता भज्जी ग्रेट खलीको एकेडेमी पुगे । जहाँ उनले कन्टिनेन्टल रेस्लिङ इन्टरटेन्मेन्ट (सिडब्लुई) को प्रमोशनमा भाग लिएका थिए । त्यहीँ उनले आफ्नो थप्पडको जादु देखाएका हुन् ।

प्रहरीको पहिरनमा आएका दुबेजी नामका रेस्लरले जब बाहिरै रहेका हरभजनलाई बोलाए, हरभजन सिधै रिङमा छिरे । रेस्लरले उनलाई सिधै किक हानेका थिए । तर भज्जीले उनको किक छल्दै यसरी थप्पड हाने कि, त्यसको आवाज बाहिरसम्मै आएको थियो ।

त्यति मात्रै नभएर भज्जीको थप्पडबाट रेस्लर रिङबाट बाहिर भुइँमै ढले । उनको उक्त भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि अहिले भाइरल नै बनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!