जुँगाकै कारण मलेसियामा भाइरल नेपाली, विश्व दाह्री–जुँगा च्याम्पियनसीपबाट अफर !

मलेसिया । सैलुन चलाउने कैलाश नाउ अहिले पनि मलेसियाभर चर्चामा छन् । जुँगा किङ्ग कैलाश नाउ जहाँ जस्तो कार्यक्रममा जान्छन् औपचारिक कार्यक्रममा भन्दा धेरैको नजरमा उनीमाथि हुन्छ ।

यसको कारण हो उनको जुँगा । उनले गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् । यही जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी माध्यमको ब्रोडसिट समाचारपत्र न्यू स्ट्रेट टाइम्स (टाइम्स) ले उनको बारेमा विशेष समाचार छापेको थियो ।

टाइम्ससँगको कुराकानीमा उनले जुँगाकै कारण आफूलाई अमेरिका र ब्रिटेनमा भएको तीन अन्तर्राष्ट्रिय दाह्रीजुँगा प्रतियोगितामा निमन्त्रणा आइसकेको बताए । तर दुरभाग्यवश आयोजकहरुको बलियो सिफारिसको बावजुद उनले दुई पटक भिषा पाउन सकेनन् ।

“म त्यहाँ प्रतिस्पर्धा गर्न चाहन्थे । यसले मलाई चिनाउन सहयोग गथ्र्यो र मेरो प्रसिद्धी बढाउने थियो,” कैलाशले टाइम्ससँग कुरामा भने ,“तर यसले मलाई फेरी प्रयास गर्नबाट निरुत्साहित गरेको छैन । अर्को पटक मलाई भाग्यले अवश्य साथ दिनेछ ।”

कैलाशले मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यू स्ट्रेट टाइम्ससँगको कुरामा आफूलाई निमन्त्रणा आएको तीन प्रतियोगिताबारे पनि बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!