प्रचण्ड भन्छन्, ‘शिक्षा, उपचार र रोजगारी नपाए अदालत जानुहोस्’

सिन्धुपाल्चोक, माघ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यष प्रचण्डले अब शिक्षा, स्वास्थ्य र रोजगारीबाट कोहि पनि बञ्चित नहुने बताएका छन् । बुधवार जनयुद्धको उद्गमस्थल कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिने दाबी गरे ।

‘तपाइँका छोराछोरीले पढ्न पाएनन्, कसैले उपचार पाउनुभएन भने राज्य विरुद्ध मुद्धा हालिदिनुस’, प्रचण्डले भने, ‘रोजगारी पाउनुभएन भने अदालत जानुस्, अदालतले सरकारलाई आदेश गर्नेछ ।’

सरकारले आम नागरिकले अनुभुति गर्नेगरि काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला केपी वली नेतृत्वको सरकारले यसबीचमा तीनवटा महत्वपूर्ण काम गरेको उनले बताए । सरकारले दुई छिमेकी भारत र चीनसँगको अप्ठ्यारा समाधान गरेको उनले बताए । चीनसँगका ४ बन्दरगाहा विश्वब्यापारका लागि खुला भएको भन्दै उनले यसलाई सरकारको उपलव्धीका रुपमा प्रस्ट्याए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!