शिक्षामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, माघ २३ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागी अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ ।

मन्त्री पोखरेललाई भेट्न मन्त्रालय पुगेका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ति अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । शिक्षाको जग बसाल्न प्राथमिक शिक्षामा विशेष सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

आफुसँग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्र कैं व्यक्ति भएको परिचय दिदैं राजदूत बेरीले शिक्षामन्त्री पोखरेलसँग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको स्पष्ट पारे ।

उनले नेपालका विद्यालयहरुमा अंग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयमसेवकहरुलाई भिसाको प्रक्रिया सहज बनाई दिनसमेत अनुरोध गरे । साथै, राजदूत बेरीले १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अंग्रेजी भाषा पढ्न चाहने विद्यार्थीहरुलाई सहज वातावरण मिलाई दिन पनि नेपाल सरकार समक्ष आग्रह गरे ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसँग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी गराएका थिए ।

‘नेपालका विद्यार्थीहरुले फूलब्राईट छात्रवृत्ति मार्फत अमेरिकामा उच्च शिक्षाका अवसर प्राप्त गरेको विषय, नेपालका विद्यालयहरुमा अंग्रजी भाषाको प्रबद्र्धनका लागि पिसक्रप्स भोलेन्टियर मार्फत पुर्याइएको योगदानका साथै भूकम्प पछिको विद्यालय पूननिर्माणमा प्राप्त अमेरिकी सहयोगको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।’ मन्त्री पोखरेलले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!