निर्मला पन्तको स्मृतिमा बाल उद्यानको शिलान्यास

कञ्चनपुर, माघ २३ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको स्मृतिमा निर्माण गरिने बाल उद्यान पार्कको शिलान्यास गरिएको छ । बुधबार भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयको हाताभित्र पार्क शिलान्यास गरिएको हो ।

भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्की (डिके)ले एक कार्यक्रमकाबीच पार्क शिलान्यास गरेका हुन् । धार्मिक परम्पराअनुसार कार्की र निर्मलाकी आमा दुर्गादेवीले पुजा गरेका थिए । वडाध्यक्ष कार्कीले पीडित पक्षसँगको पूर्व सहमतिअनुसार पार्क निर्माण कार्य सुरु गरिएको बताए ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा झण्डै साढे १२ लाखको स्टमेट तयार गरिएको छ । दुई कट्टा जमिनमा वडाको पाँच लाख बजेटमा पर्खाल निर्माण गरिने छ । ‘यस वर्ष वडामा हामीसँग बजेट अभाव छ, ‘वडाध्यक्ष कार्कीले भने, ‘नगरपालिकाबाट समेत बजेट माग गछौँ, नगरबाट बजेट पाए यसै वर्ष पूरै निर्माण कार्य सम्पन्न हुन्छ ।’

पार्कमा विद्यार्थीका लागि खेल समाग्रीसमेत राखिने छ । मुल गेटमा निर्मलाको नाम लेखिने छ । पार्क निर्माणको जिम्मा न्यू जोशी कस्ष्ट्रसनले पाएको छ ।
निर्मलाकी आमा दुर्गाले छोरी गुमाएको पीडाले पिरोलिरहेको बताउँदै उनको सम्झानामा पार्क निर्माण कार्य राम्रो भएको टिप्पणी गरिन । उनले न्यायका लागि समेत कुनै निकायबाट कसर बाँकी नराख्नु पर्नेमा जोड दिए ।

नागरिक संघर्ष समितिका संयोजकले निर्मलाको सम्झनामा उनी पढेको विद्यालयमा पार्क निर्माण गर्नु राम्रो काम भएको बताउँदै न्याय पाउनु पर्ने जोड दिए ।
निर्मलाको हत्या भएको झण्डै साढे ६ महिनाभन्दा बढी हुँदा पनि वास्तविक हत्यारा फेला परेको छैन् । निर्मला हत्याकाण्ड छानबिनका लागि विभिन्न टोली गठन भए पनि गतिलो परिमाण हात लागेको छैन् । साथीको घरमा होमवर्क गर्न हिडेकी निर्मला गत साउन ११ उखुबारीमा मृत फेला परेकी थिइन् । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!