टी–२० सिरिजः न्यूजिल्याण्डसँग भारत ८० रनले पराजित

काठमाडौं, माघ २३ । न्यूजिल्याण्ड विरुद्धको तीन टी–२० अन्तर्गतको पहिलो खेलमा भारत पराजित भएको छ । न्यूजिल्याण्डले दिएको २२० रनमो लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि महेन्द्रसिंंह धोनीले सर्बाधिक ३९, शिखर धवनले २९, विजय शंकरले २७, ऋषभ पन्तले ४, दिनेश कार्तिकले ५, हार्दिक पाण्ड्याले ४, कुणाल पाण्ड्याले २०, भुवनेश्वर कुमारले १ र युजवेन्द्र चहलले १ र खलिल अहमद (नट आउट) ले १ रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका टिम साउथीले ३, इश सोधी, मिचेल सेन्टनर, लक्की फर्गुसनले दुईदुई र डिजे मिचेलले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१९ रन बनायो ।

उसका लागि टिम सेफर्टले सर्बाधिक ८४, कोलिन मुन्द्रो र कप्तान केन विलियम्सनले समान ३४—३४, रस टेलरले २३, डेरियल मिचेलले ८, कोलिन डि ग्रान्डहोमले ३, स्कट कुगेलिन (नट आउट) ले २० र मिचेल सेन्टनर (नट आउट) ले ७ रन प्रहार गरे ।

बलिङमा भारतका लागि हार्दिक पाण्ड्याले २, भुवनेश्वर कुमार, खलिल अहमद, कुणाल पाण्ड्या र युजवेन्द्र चहलले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!