भारतको लगातार विकेट पतन, २२० रनको लक्ष्य पूरा गर्न मुस्किल

काठमाडौं, माघ २३ । टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा भारतले हराब प्रदर्शन गरेको छ । उसले सस्तैमा छैटौं विकेट गुमाइसकेको छ । भारतले छैटौं विकेटका रुपमा हार्दिक पान्ड्या (४)लाई गुमायो । हार्दिक र दिनेश कार्तिक ( ५) एकै ओभरमा आउट भए । उनीहरुलाई न्यूजिल्याण्डका इश सोधीले आउट गरेका हुन् ।

यसअघि, पनि भारतले एकै ओभरमा दुई विकेट गुमायो । तेस्रो विकेटका रुपमा ऋषभ पन्त (४) र चौथौ विकेटको रुपमा विजय शंकर (२७), यस्तै, शिखर धवन (२९) र कप्तान रोहित शर्मा (०) आउट भइसकेका छन् । यो समाचार तयार पार्दासम्म भारतले १४ ओभमा ६ विकेट गुमाउँदै ९७ रन बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो । उसका लागि टिम सेफर्टले सर्बाधिक ८३, कप्तान केन विलियम्सन र कोलिन मुन्द्रोले समान ३४ रन बनाए । बलिङमा भारतका हार्दिक पान्ड्या २, भुवनेश्वर कुमार, खलिल अहमद, कुर्नाल पाण्ड्या र युजवेन्द्र चहलले समान एक विकेट लिए । भारतले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!