झन् चर्कियो सदरमुकाम आन्दोलन, हेलिकप्टरमार्फत झिकाइए थप सुरक्षाकर्मी

रुकुम, माघ २३ । जिल्लाको स्थायी सदरमुकामलाई लिएर सुरु भएको आन्दोलन चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वले गत आइतबारदेखि लगाउँदै आएको कर्फ्युमा झनै कडाइ गरेको छ ।

जिल्लाको स्थायी सदरमुकाम रुकुमकोट या गोल्खाडामा कता हुने भन्नेबारे दुई पक्षबीच विवाद हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले ‘गोल्खाडा सदरमुकाम हुनुपर्छ भन्नेहरू आउँदै गरेको र रुकुमकोट पक्षधरहरूले उहाँहरूलाई आउन नदिने भनेपछि अप्रिय घटना घट्न नदिन उक्त कर्फ्यु आदेश जारी गरिएको हो ।’

शर्माले आजै सुरक्षास्थिति नियन्त्रणमा लिन बुटवलबाट थप सुरक्षाकर्मी हेलिकप्टरमार्फत झारिएको बताए ।

प्रशासनले सदरमुकामका विषयमा विवाद बढ्दै गएपछि मुडभेडमा हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले आइतबार साँझ ७ बजेदेखी अर्को आदेश नभएसम्मका लागि रुकुमकोट उपत्यका र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

गोल्डामा सदरमुकाम राख्ने विषयमा जिल्लाका तीन गाउँपालिकाका ३१ वडा मध्ये पुथा उत्ततरगंगाका १४ वटै वडा र भुमे गाउँपालिका केही वडाका जनताको समर्थन रहेको प्रदर्शनकारीको दाबी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!