टी–२० सिरिजः रोहित शर्मा १ रनमा आउट !

काठमाडौं, माघ २३ । टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा भारतले पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा कप्तान रोहित शर्मालाई एक रनमा गुमाएको हो ।

उनलाई न्यूजिल्याण्डका टिम साउथीले आउट गरे । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो ।

उसका लागि टिम सेफर्टले सर्बाधिक ८३, कप्तान केन विलियम्सन र कोलिन मुन्द्रोले समान ३४ रन बनाए । बलिङमा भारतका हार्दिक पान्ड्या २, भुवनेश्वर कुमार, खलिल अहमद, कुर्नाल पाण्ड्या र युजवेन्द्र चहलले समान एक विकेट लिए । भारतले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!