पन्चेबाजामा अहिलेसम्मकै दोहोरी घम्साघम्सी

पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो ।

यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जिलिङमा बजाईने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो ।

यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै– विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा–आजा आदि ।

यस्तै यो मिठो मन छुने पन्चे बाजा गुल्मीको एउटा बिबाहमा देखा परेको एकदमै बज्दै गरेको बाजाको तालमा दोहरी समेत प्रयोग गरी जन्तीहरुले मनोरंजन लिएको देख्न सकिन्छ । यो एकदमै मन छुने नेपाली संस्कृति झल्काउने मिठो धुनसहितको बाजा हामीलाइ कमल खत्रीले गुल्मीबाट पठाएको जानकारी गराउन चाहन्छौ ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!