श्रीलंकाका कप्तान दिनेश चन्डीमललाई आराम

माघ २२ । श्रीलंका क्रिकेट टोलीका कप्तान दिनेश चन्डीमललाई आगामी १३ फ्रेबुअरीदेखि शुरु हुने दक्षिण अफ्रीका विरुद्धको टेस्ट सिरिजमा आराम दिइएको छ । अहिले फर्ममा नरहेकाले चयनकर्ताले उनलाई अफ्रीका विरुद्धको खेलमा आराम दिएको हो ।

चन्डीमललाई फर्ममा आउनका लागि घरेलु प्रतियोगितामा समावेश गरिएको छ । उनले हालै अष्ट्रेलियासँग भएको टेस्टमा ५, ०, १५ र ४ रन मात्र बनाएका थिए । श्रीलंका क्रिकेटले अफ्रीका विरुद्धको टेस्टका लागि आज प्रारम्भिक ब्याट्सम्यान दिमुथ करुणारत्नेको नेतृत्वमा १७ सदस्सीय टोली घोषणा गरेको छ ।

यो पटक अराउण्डर मिलिंदा श्रीवर्धने तीन वर्षपछि टोलीमा फर्किएका छन् । यस्तै, टोलीमा नयाँ तीन नयाँ खेलाडीले मौका पाएका छन् । ओशोदा फर्नडो, मोहम्मद सिरिज र लसिथ एबुल्देनियाले मौका पाएका छन् । श्रीलंका अफ्रीकाविरुद्ध खेल्ने दुई टेस्ट खेल १३ फ्रेबुअरीदेखि शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!