सोनाम ल्होसार; नेपाल बाहेक यी देशमा पनि पर्दछ आजकै दिन नयाँ वर्ष

आज तामाङ समुदायले सोनाम ल्होछार धुमधामले मनाउँदैछ । ल्होछार भनेको नयाँ वर्ष हो । त्यसैले तामाङ समुदायको नयाँ वर्ष आज हो ।

तामाङ जातिको बसोबास रहेका देशका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामका साथ मनाइंदैछ । यसपाली सोनाम ल्होसारको उपलक्षमा दिइदै आएको राष्ट्रिय विदा कटौती गरिए पनि यस जतिकोबाक्लो बसोबास रहेको प्रदेश नं. ३ को सरकारले प्रदेशभर विदा घोषणा गरेको छ ।

यो पर्व नेपाल लगायत भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायले पनि धुमधामका साथ मनाउने गर्दछ ।

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङ समुदायका अगुवाहरू बताउँछन । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउँछन् ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवानको प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

धेरैलाई लाग्न सक्छ सोनाम ल्होसारको दिनलाई नयाँ वर्षकोरूप्मा तामाङ समुदायले मात्र मनाउने हुँदा यस दिनको महत्वका बारेमा नेपाल बाहिर थाहा नहोला । यदि तपाईंको धारणा पनि त्यस्तै रहेको छ भने तपाईं सही हुनुहुन्न ।

नेपालमा मात्रै हैन उत्सवको दिन

आजको दिन विश्वको ठुलो जनसंख्याका लागि धेरै महत्वपूर्ण रहेको छ । आजकै दिन चीनमा पनि पारम्परिक नयाँ वर्ष पर्ने गर्दछ र चीनभरि मात्रै हैन चिनियाँ संस्कृतिक वृत्तभरि यस पर्वलाई धूमधामका साथ मानिन्छ । सम्राट मैजीको समयपूर्व जापानको नयाँ वर्ष मनाउने परम्परा पनि चीन जस्तै थियो ।

यसका अतिरिक्त चीनसँग संस्कृतिक समानता भएका मंगोलिया, कोरिया र भियतनाममा पनि आजै संस्कृतिक नयाँ वर्ष परेको छ । र, यी सबै देशमा आज सुँगुर वर्षलाई स्वागत गरिंदैछ ।

चीनमा आजदेखि सुरु भएको नयाँ वर्षको उत्सव १५ दिनसम्म मनाइनेछ । यो पर्व माघ शुक्ल प्रतिपदाको दिन पर्ने गर्दछ ।

चिनियाँ नयाँ वर्ष संसारकै रङ्गीचङ्गी पर्वहरूमध्ये पर्दछ । यस पर्वलाई चीनमा लाल्टेन उत्सवको रूपमा मनाउने गरिन्छ । यस उत्सवको उपलक्षमा मन्दिरहरूलाई लालटिन बालेर सजाइन्छ र लाल्टेन परेड र ड्रागन परेड जस्ता कार्यक्रमहरू पनि आयोजित गर्ने गरिन्छ ।

सोनाम ल्होसार र चिनियाँ नयाँ वर्षमा समानता

चिनियाँ वर्षहरू पनि १२ विभिन्न राशिहरूमा समर्पित रहेका छन् । प्रत्येक राशिलाई एउटा जनावरको नाम दिइएको छ । यसरी प्रत्येक वर्ष एउटा प्राणीका नाममा समर्पित गर्ने परम्परा चीन र नेपालमा उस्तै-उस्तै रहेको छ ।

नेपालमा जस्तै चिनियाँहरूले पनि मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरेर १२ भिन्न भिन्न जनावरहरूका नामले नयाँ वर्ष मनाउने गर्दछन् ।

यस वर्ष सोनाम ल्होसारको दिनदेखि मन्जुश्री पात्रो कुकुर वर्ष पुरा गरी सुँगुर अर्श्मा प्रवेश गरेकोछ ठिक त्यस्तै गरेर आजैबाट चिनियाँ पात्रो पनि आजैदेखि कुकुर वर्षबाट सुँगुर वर्षमा पवेश गरेको छ ।

चिनियाँ मान्यता अनुसार यसरी वर्षहरूलाई जनावरको नाममा समर्पित गर्नुको पछाडि एउटा कारण रहेको छ त्यो के भने भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि उनलाई सम्मान दिन सर्वप्रथम यिनै १२ जनावर आएका थिए ।

चीनमा नयाँ वर्षलाई ‘वसन्त उत्सव’को रूपमा पनि मनाउने गरिन्छ । यस दिन त्यहाँ रङ्गबिरङ्गी फूलहरूले घर सजाउने गरिन्छ । यस अवसरमा रातो पहिरन शुभ मान्ने गरिन्छ ।

यो वर्ष चिनियाँ पात्रो अनुसार ४७१७ औं नयाँ वर्ष हो भने तामाङ परम्परा अनुसार यो २८५५ औं ल्होसार अर्थात नयाँ वर्ष हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!