आईसीसीका प्रतिनिधिद्वारा टियू मैदानको निरीक्षण, योग्य छ वान्डे म्याच खेलाउन ?

काठमाडौं, माघ २२ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् ।

त्रिवि क्रिकेट मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका हुन् । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् ।

आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आईसीसीमा रिपोर्ट पेश गरेपछि केके पुनर्निर्माण गर्नुपर्ने हो थाहा हुनेछ । त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, त्यहाँ पनि पर्याप्त पूर्वाधारहरु बनेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!