नेविसंघका सभापति महरसहित ११ जना पक्राउ

काठमाडौं, माघ २२ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर पक्राउ परेकाछन् । प्रहरीले महरसहित नेविसंघका ११ जना नेता कार्यकर्तालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

नेविसंघले गत शनिवार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै नेपाल कमर्स क्याम्पस मिनभवनबाट निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेर महरलाई पक्राउ गरेको हो ।

शनिवार पोखरामा सरकारी गाडीमा आगजनी गरेको भन्दै नेविसंघका तीनजना नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको थियो। यता नेविसंघले भने सरकारको आदेशमा आफ्ना नेताहरुलाई पक्राउ गरेर फसाउन खोजेको दाबी गर्दै आन्दोलनमा उत्रिएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!